सांसद अब्दुल खानलाई निलम्बन गर्न माग गर्दै धर्ना

काठमाडौं, २७ चैत । राष्ट्रिय एकता अभियानले पूर्वमन्त्री तथा जनमत पार्टीका सांसद अब्दुल खानलाई निलम्बन गर्न माग गरेको छ ।
अभियानले सांसद खानलाई निलम्बन गर्न माग गर्दै जनमत पार्टीको केन्द्रीय कार्यालयमा धर्ना दिएको छ ।
अभियानले यसअघि गत शुक्रबार सभामुख देवराज घिमिरेलाई ज्ञापन पत्र बुझाउँदै उनलाई तत्काल निलम्बन गरेर अनुसन्धान अगाडि बढाउन माग गरेको थियो ।
सांसद खानले एक महिलासँग भर्चुअल माध्यममा अश्लिल हर्कत गरेको भिडियो सामाजिक सञ्जालमा आएको थियो । तर, खानले भने त्यो भिडियो देखाएर आफूसँग भारतीय गिरोहले रकम माग गरेको र रकम नदिएपछि सामाजिक सञ्जालमा हालेको बताएका छन् ।
उनले भिडियोमा देखिएको गतिविधि आफूले नगरेको दाबी पनि गरेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


