राष्ट्रियसभाको बैठकले दुई विधेयक पारित

काठमाडौं, २७ चैत । राष्ट्रियसभाको बैठकले सोमबार दुईवटा विधेयक पारित गरेको छ ।
राष्ट्रियसभा बैठकले भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक २०७६ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक २०७६ सर्वसम्मत पारित गरेको हो ।
सो विधेयक राष्ट्रियसभामा उत्पत्ति भएका छन् । अब दुवै विधेयक सन्देशसहित प्रतिनिधिसभामा पठाइनेछ ।
राष्ट्रियसभाको अर्को बैठक ३० चैत बिहीबार दिउँसो १ः०१ बजे बस्नेछ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


