सप्तरीमा कारको ठक्करबाट छोरीको मृत्यु, बुवा गम्भीर घाइते

सप्तरी, २७ चैत । सप्तरीमा कारले मोटरसाइकललाई ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ भने उनको बुबा गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा उदयपुरको त्रियुगा नगरपालिका–९ बगाटोलका ३६ वर्षीय ध्रुब बस्नेतका १० वर्षीया छोरी एंजिला बस्नेत छन् ।मोटरसाइकल चालक मृतक बालिकाकी बुबा ध्रुव गम्भीर घाइते भएका छन् ।
सप्तरीको खडक नगरपालिका–७ कल्याणपुर बजारस्थित पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदैगरेको बा ३ च ५२९३ नम्बरको कारले विपरीत दिशातर्फबाट आउँदै गरेको को १५ प १९१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
ध्रवले चलाइरहेको मोटरसाइकलमा एंजिला पछाडि सवार थिइन् । गम्भीर घाइते बुबाछोरीको छिन्नमस्ता अस्पताल राजबिराजमा उपचार भइरहेकोमा एंजिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेश कुमार सिंहले जानकारी दिए ।
डिएसपी सिंहका अनुसार कारमा पश्चिमतर्फबाट आउँदै गरेको ना ६ ख ९८५२ नम्बरको ट्रकले पछाडीबाट ठक्कर दिँदा दुर्घटना भएको पाइएकाले कार, कारका चालक र ट्रक तथा ट्रकका चालकलाई पनि नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


