काठमाडौं, २६ चैत । मछिन्द्र क्लबले मुख्य प्रशिक्षकमा किशोरकुमार केसी नियुक्त भएका छन् ।

‘ए’ डिभिजन फुटबल लिग क्लब मछिन्द्रले आइतबार सामाजिक सञ्जालमार्फत केसीलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जानकारी गराएको हो ।

केसी यसअघि जावलाखेल युथ क्लबको मुख्य प्रशिक्षक थिए । पूर्वमुख्य प्रशिक्षक प्रवेश कटुवाल नेपाली राष्ट्रिय फुटबल टिमको सहायक प्रशिक्षकमा नियुक्त भएपछि मछिन्द्रले केसीलाई भित्र्याएको हो ।

सहिद स्मारक ‘ए’ डिभिजन लिगको साविक विजेता मछिन्द्र यस सिजनको लिगमा भने ६ खेलबाट ६ अंक जोड्दै ११ औँ स्थानमा रहेको छ ।