कोरोना सङ्क्रमण बढिरहेकाले खोप लगाउन आग्रह

काठमाडौं, २६ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना सङ्क्रमण बढिरहेकाले खोप लगाउन सबैसँग आग्रह गरेको छ ।
मन्त्रालयले दैनिक रुपमा सङ्क्रमण बढिरहेकाले खोप लगाउन आग्रह गरेको हो ।
मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले सङ्क्रमण बढिरहेकाले पहिलो मात्रा, दोस्रो मात्रा र बुस्टर डोज लगाउन आग्रह गरेका छन् ।
शून्यमा झरेको कोरोना सङ्क्रमण अहिले दैनिक बढिरहेको छ । शनिबार मात्र ६४ जनामा नयाँ सङ्क्रमित फेला परेका थिए भने हाल कुल सक्रिय सक्रमितको संख्या ३५६ पुगेको छ ।
काठमाडौँ उपत्यकामा मात्र शनिबारसम्ममा १५ जना आइसोलेशन, ८ जना सघन उपचार कक्ष (आइसियु) र ५ जना भेन्टिलेटरमा छन् । अहिले काठमाडौंसहित उपत्यकाका ठूला अस्पतालमा कोरोनाविरुद्धको बुस्टर डोज लगाइँदैछ ।
केही दिनअघि गरिएको अनुवांशिक अध्ययानमा नेपालमा पहिलो पटक कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन एक्सविवि. १.१६ देखा परेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


