काठमाडौं, २६ चैत । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका सचिव लेखराज भट्टबीच भेटवार्ता भएको छ ।

सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा भाग लिन धनगढी पुगेका प्रचण्डले आइतबार बिहान गेटास्थित निवासमै पुगेर भट्टलाई भेटेका हुन् ।

पूर्वमाओवादी समेत रहेका भट्ट नेकपा विभाजनका बेला एमालेमै बसेका थिए । त्यसपछि प्रचण्ड र भट्टबीचको सम्बन्धमा खटपट आएको थियो ।