नागरिक उन्मुक्तिले नेता सुरेन्द्र चौधरीलाई गर्यो कारबाही

काठमाडौं, २६ चैत । नागरिक उन्मुक्ति पार्टीले पार्टी हितविपरीत काम गरेको भन्दै नेता सुरेन्द्र चौधरीलाई कारबाही गरेको छ ।
सो पार्टीका प्रमुख सचेतक गङ्गाराम चौधरीले पार्टी हितविपरीत काम गरेकाले नेता सुरेन्द्रलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको जानकारी दिएका हुन् ।
पार्टीबाट सुरेन्द्र संघीय निर्वाचनमा दाङ क्षेत्र नम्बर–१ बाट उम्मेदवार बनेका थिए ।
पार्टीका बारेमा सुरुदेखि नै आलोचनात्मक विचार राख्दै आएका सुरेन्द्रले फेसबुकमार्फत आफूले नागरिक उन्मुक्ति पार्टी परित्याग गरेको बताएका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


