कमला नगरपालिकामा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

जनकपुरधाम, २५ चैत । रिसिका हेल्थ केयर प्रालि, सूर्य क्लिनीक र सूर्यतारा डाइविटिज थाइराइड एण्ड इन्डोक्राइन सेन्टरको आयोजनामा शनिबार धनुषाको कमला नगरपालिकामा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
शिविरमा ५५० जनाभन्दा बढीले स्वास्थ्य जाँच गराएको शिविर सञ्चालन समितिका संयोजक जेनरल फिजिसियन डा. श्यामबाबु साहले जानकारी दिए ।
शिविरमा विभिन्न विभागका विशेषज्ञ चिकित्सकहरूले स्त्री रोग, हाडजोर्नी, जेनरल मेडिसिन, छाती रोगसम्बन्धी चिकित्सीय सेवा उपलब्ध गराएका थिए ।
जेनरल फिजिसियन डा.साहले समाजमा एक अर्कालाई सहयोग गर्ने लक्ष्य र सामाजिक सेवामा सक्रिय रहने उद्देश्यसहित कमला नगरपालिकाको प्राङ्गणमा शनिबार बिहान ८ देखि दिउँसो ४ बजेसम्म निःशूल्क स्वास्थ्य शिविरको आयोजना गरिएको जानकारी दिए ।उनले शिविरमा औषधिहरू पनि निःशूल्क उपलब्ध गराइएको बताए ।

शिविरमा जेनरल फिजिसियन डा. श्यामबाबु साह, डाइविटिन, थाइराइड एवम् हार्मोन रोग विशेषज्ञ डा. सितेश कुमार गोइत, हार्डजोर्नी तथा नशा रोग विशेषज्ञ डा. गोपाल प्रसाद यादव र डा. रामकिशोर गोइत, बालरोग तथा आन्द्रा र कलेजो रोग विशेषज्ञ डा. अर्चना श्रेष्ठ यादव, डा। अमलेन्द्र कुमार यादव, स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. सारिका गोइत, स्त्री तथा प्रसुती रोग विशेषज्ञ एवम् ल्याप्रोस्कोपिक सर्जन डा. तेज शंकर यादव, जेनरल तथा ल्याप्रोस्कोपिक सर्जन डा. रविन प्रताप साह, आँखा रोग विशेषज्ञ डा. श्याम शंकर यादवलगायतकाले बिरामीहरूको निःशूल्क स्वास्थ्य परिक्षण गरेका थिए ।
शिविर सञ्चालनका लागि कमला नगरपालिका वडा नम्बर–३ का वडाध्यक्ष रामभगत यादवले महत्वपूर्ण सहयोग गरेका थिए ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


