मुकुन्द न्यौपानेले छाडे एकीकृत समाजवादी पार्टी

काठमाडौं, २५ चैत । नेकपा एकीकृत समाजवादीका नेता मुकुन्द न्यौपानेले पार्टी परित्याग गर्दै विद्रोहको घोषणा गरेका छन् ।
पूर्वमन्त्रीसमेत रहेका नेता न्यौपाने नेकपा एकीकृत समाजवादीमा माधव नेपाल र झलनाथ खनालपछिको तेस्रो वरीयतामा थिए ।
न्यौपानेले शनिबार पत्रकार सम्मेलनमार्फत पुनः विद्रोहको घोषणा गरेका छन् । नेकपा एसमा कम्युनिस्ट चरित्र सकिएर दक्षिणपन्थीको सेवक मात्र बनेको भन्दै उनले सो पार्टी परित्याग गरेका हुन् ।
भविष्य नभएको पार्टीको नेता हुनुभन्दा सम्मानित नागरिक भएर जिउने भन्दै उनले पार्टीको साधारण सदस्यबाट समेत राजीनामा दिएका छन् ।
उनले आफूले केन्द्रीय कमिटी बैठकमा ३३ बुँदे फरक मत राखेर छलफलको माग राखेपनि छलफल नगरिएको भन्दै असन्तुष्टि राखेका छन् ।
एकीकृत समाजवादीले परिचय दिए पनि पहिचान दिन नसकेको, अवसरवादमा लिप्त भएको उनको आरोप छ ।
सांसदको लागि झगडा गर्ने, सांसद पाउनासाथ मन्त्री पाउन लफडा गर्ने, जति खाएपनि नअघाउने, जति भरे पनि नभरिने मानिसहरु मात्रै पार्टीमा रहेको उनको दाबी छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


