जनकपुरधाम, २४ चैत । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले पार्टीका मधेस प्रदेश अध्यक्ष जितेन्द्र सोनललाई केन्द्रीय प्रतिनिधिको जिम्मेवारी दिएको छ ।

आगामी बैशाख १० गते हुने उपनिर्वाचनलाई सफल एवम् परिणाममूखि बनाउने उद्देश्यका साथ पार्टीको तर्फबाट सोनललाई केन्द्रीय प्रतिनिधिको जिम्मेवारी दिइएको हो ।

बारा क्षेत्र नम्बर–२ का उम्मेदवार जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, गठबन्धका दलहरु एवम् लोसपा नेपालका जिल्ला तथा क्षेत्रका पार्टी पंक्तीसँग समन्वय र सहकार्य गरि निर्वाचनलाई सफल एवम् परिणाममूखि बनाउने उद्देश्यका साथ पार्टीको तर्फबाट सोनललाई केन्द्रीय प्रतिनिधिको जिम्मेवारी दिइएको अध्यक्ष महन्थ ठाकुरले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

आगामी बैशाख १० गते बारा क्षेत्र नम्बर–२, चितवन क्षेत्र नम्बर–२ र तनहुँ क्षेत्र नम्बर–१ मा हुने उपनिर्वाचनमा लोसपा नेपालले पाँचदलीय सत्ता गठबन्धनका उम्मेदवारहरुलाई समर्थन गरेको छ ।