काठमाडौं, २४ चैत । सरकारले कोशी प्रदेश नामकरणको विरोधमा आन्दोलनका क्रममा मृत्यु भएका पदमबहादुर लिम्बूलाई सहिद घोषणा गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले लिम्बूलाई सहिद घोषणा गर्ने निर्णय गरिएको सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिएकी हुन् ।

मन्त्रिपरिषद्ले मृतक लिम्बूका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने निर्णय पनि गरेको छ ।

प्रवक्ता शर्माले भनिन्, ‘पदमबहादुर लिम्बूलाई शहीद घोषणा गर्ने र क्षतिपूर्ति उपलब्ध गराउने निर्णय भएको छ । नामकरण सम्बन्धी आन्दोलनलाई प्रदेशसँग वार्ता गरेर अघि बढ्न यहाँबाट सहजीकरण गर्ने कुरा भएको छ ।’

प्रदेशको नाम कोशी राखेको विरोधमा चैत ५ मा विराटनगरमा भएको प्रदर्शनमा सहभागी लिम्बू प्रहरीको लाठी लागेर घाइते भएका थिए । उनको उपचारका क्रममा १० चैतमा मृत्यु भएको थियो ।