मोटरसाइकल चोरीमा संलग्न दुई भारतीयसहित तीनजना पक्राउ

मोरङ्ग, २३ चैत । मोरङ्ग प्रहरीले मोटरसाइकल चोरी गर्ने दुई भारतीय नागरिकसहित तीनजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुनसरीको देवाञ्गजन गाउँपालिका–३ बस्ने १८ वर्षीय राजकुमार यादव, भारतको अररिया लक्ष्मीपुरका २५ वर्षीय सुशिल कुमार यादव र भारतकै पोसदाह पञ्चायतका २५ वर्षीय शौरभ कुमार यादव रहेका छन् ।
चैत १० गते मोरङ्गस्थित मालपोत कार्यालय अगाडिबाट को २५ प १९४५ नम्बरको मोटरसाइकल उनीहरूले चोरी गरको जिल्ला प्रहरी कार्यालय मोरङ्गका प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालले जानकारी दिए ।
मोटरसाइकल चोरी गरी बिआर ३५८०२ उल्लेख भएको भारतीय नम्बर प्लेट राखेर चलाउँदै गरेको अवस्थामा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
कागजपत्र नहुन सक्ने आशंकामा चेकजाँच गर्दा चोरीको मोटरसाइकलमा नम्बर प्लेट परिवर्तन गरिएको पाइएको डिएसपी दाहालले जानकारी दिए ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


