फिफा वरीयतामा नेपाली पुरुष फुटबल टोलीको एक स्थान सुधार

काठमाडौं, २३ चैत । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)को वरीयतामा नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको एक स्थान सुधार भएको छ ।
यसअघि १७५औँ स्थानमा रहेको नेपाल फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा १ स्थान सुधार गर्दै १७४औँ स्थानमा उक्लेको छ । नयाँ वरीयतामा नेपालले ९६३ अंकका पाएको छ ।
फिफा वरीयताको शीर्ष स्थानमा विश्व विजेता अर्जेन्टिना उक्लिएको छ । ६ वर्षपछि एक स्थान सुधार गर्दै अर्जेन्टिना शीर्ष स्थानमा उक्लिएको हो । यसअघि अर्जेन्टिना दोस्रो स्थानमा थियो ।
फिफा वरीयताको दोस्रो नम्बरमा कतार, तेस्रो स्थानमा ब्राजिल छन् । बेल्जियम, इङ्ग्ल्यान्ड, नेदरल्यान्ड्स, क्रोएसिया, इटाली, पोर्चुगल र स्पेन टपटेनमा समेटिएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


