महत्वपूर्ण ऐन निर्माणमा ध्यान दिन सरकारलाई ध्यानाकर्षण

काठमाडौं, २३ चैत । प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा सांसदहरुले संघीय शिक्षा ऐन, संघीय कर्मचारी ऐनलगायतका महत्वपूर्ण ऐन निर्माणमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै सांसदहरुले संघीय संसद्मा थारुको उचित प्रतिनिधित्व हुन नसकेकाले तत्काल ती ऐन ल्याउन आग्रह गरेका हुन् । यस्तै, सांसदहरुले प्रतिनिधिसभाको बैठकमा उठाइएका विषयको समाधानका लागि सभामुखमार्फत सरकारको ध्यानकर्षण गराएका थिए ।
बैंक तथा वित्तीय संस्थाले मनलाग्दी तवरले ब्याज लिएर ऋणीलाई दुःख दिएको, किस्ता रोकिएकामा हर्जनासमेत जोडेर समस्यामा पारेकाले उनीहरुलाई कानुन अनुसार कारबाही गर्नुपर्ने माग पनि गरिएको छ ।
बैठकमा सांसदहरुले सरकारको काम कारबाहीलाई प्रभावकारी बनाउन, सदनलाई विशेष ध्यान दिन सरकारको ध्यानाकर्षण गराए ।बैठकमा सांसदहरु रामनाथ अधिकारी, विद्या भट्टराई, तेजुलाल चौधरी, ईश्वरी घर्ती, वासुदेव घिमिरे, शान्ति चौधरीललगायतले आ–आफ्ना धारणा राखेका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


