चितवन–२ मा दुईजनाको उम्मेदवारी फिर्ता

चितवन, २३ चैत । चितवन क्षेत्र नम्बर–२ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएको छ । जसअनुसार दुईजना उमेदवारले उम्मेदवारी फिर्ता लिएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले वैशाख १० गते हुन लागेको उपनिर्वाचनअन्तर्गत मनोनयन गराएका उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेको हो ।
चितवन–२ मा २४ जनाको उम्मेदवारी परेकोमा बिहीबार दुईजनाले उम्मेदवारी फिर्ता लिएपछि अब २२ जना उम्मेदवार भएका छन् ।
यसअघि सो क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विजयी भएका थिए । नागरिकता प्रकरण देखाएर उनको सांसद पद सर्वोच्च अदालतले खारेज गरिदिएपछि सो क्षेत्रमा पुनः उपनिर्वाचन हुन लागेको हो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


