काठमाडौं, २३ चैत । आगामी १० वैशाखमा हुने उपनिर्वाचनका लागि शुक्रबारदेखि निर्वाचन आचारसंहिता लागू हुन लागेको छ ।

उपनिर्वाचन हुने तीन जिल्लामा शुक्रबारदेखि निर्वाचन आचारसंहिता लागू हुन लागेको हो ।

चितवन–२, बारा–२ र तनहुँ–१ मा हुन लागेको उपनिर्वाचनका लागि आचारसंहिता लागू हुन लागेको निर्वाचन आयोगले जनाएको छ ।

चितवन, बारा र तनहुँमा मन्त्रीहरू, संवैधानिक निकायका पदाधिकारी, स्थानीय कार्यपालिकाका सदस्यलगायतका लागि निर्वाचन आचारसंहिता लागू गर्ने निर्णय गरिएको आयोगले जनाएको छ ।