जसपा नेपालको विधान अधिवेशन जेठ १ गतेदेखि हुने

काठमाडौं, २३ चैत । चैत २६ देखि २८ गतेसम्म हुने भनिएको जनता समाजवादी पार्टी (जसपा) नेपालको विधान अधिवेशन सरेको छ ।
उपनिर्वाचनको कारण देखाउँदै जसपाले जेठ १ गतेका लागि अधिवेशन सारेको हो ।
वैशाख १० गते हुने उपनिर्वाचनमा बारा–२ बाट पार्टी अध्यक्ष उपेन्द्र यादव नै उम्मेदवार छन् । सोही कारण जेठ १ देखि ३ गतेसम्म काठमाडौंमा महाधिवेशन हुने सो पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
अध्यक्ष यादवको नेृत्वत्वमा गठन कार्यदलले मस्यौदा तयार गरी पार्टीलाई बुझाई सकेको छ । सो मस्यौदामाथि जिल्ला तथा प्रदेशबाट सुझाव पनि सङ्कलन भइसकेको छ ।
सुझावका आधारमा मस्यौदालाई अन्तिम रूप दिई विधानलाई अधिवेशनमा लग्नेछ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


