रवि लामिछानेविरुद्ध परेका उजुरी खारेज, उम्मेदवारी कायम

काठमाडौं, २२ चैत । आगामी १० वैशाखमा हुन लागेको उपनिर्वाचनमा चितवन क्षेत्र नम्बर–२ मा उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको उम्मेदवारी कायम भएको छ ।
सभापति लामिछानेको उम्मेदवारीविरुद्ध परेका ४ वटा उजुरीमध्ये ३ वटा उजुरीमाथिको दाबी नपुगेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनले खारेज गरेको हो ।
उनका प्रतिस्पर्धी उम्मेदवारले गरेको दाबी विरोध खारेज भएसँगै उनको उम्मेदवारी कायम भएको छ । लामिछानेको उम्मेदवारी खारेज गर्नुपर्ने माग गर्दै उनीविरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालयमा चैत २१ गते ४ वटा उजुरी दर्ता भएको थिए ।
लामिछानेको उम्मेदवारीविरुद्ध इमेलबाट उजुरी गरेका युवराज पौडेल सफलको उजुरीमाथि भने स्पष्टीकरण माग गरिएको ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


