काठमाडौं, २२ चैत । नेपाल क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्धको मुद्दाको बुधबारको सुनुवाइ स्थगित भएको छ ।

सन्दीप जबर्जस्ती करणी मुद्दामा जेल परेर धरौटीमा रिहा भएका हुन् । लामिछानेविरुद्ध एक किशोरीले जबरजस्ती करणीको मुद्दा दायर गरेकी थिइन् ।

बुधबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासमा पेसी तोकिए पनि मुद्दाको चापको कारण बुधबार मुद्दा हेर्न नभ्याइने भएपछि सुनुवाइ स्थगित गरिएको हो ।