काठमाडौं, २१ चैत । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने भएको छ ।

पार्टी पदाधिकारीसहित विभागीय प्रमुखहरुको बैठक बुधबार दिउँसो ४ बजे बस्न लागेको हो ।

बैठकमा पार्टीले सञ्चालन गरेको दुई महिने अभियानको समीक्षा लगायत पार्टी गतिविधिका विषयमा छलफल हुने माओवादी केन्द्रका सचिव गणेश शाहले बताए ।

पार्टी बैठकले सरकारलाई आवश्यक सल्लाह सुझाव समेत दिने उनले बताए । बैठकमा आगामी बजेटमा सरकारले समेट्ने कार्यक्रमका विषयमा नेताहरुले सुझाव दिने बताएको छ ।