काठमाडौं, २१ चैत । राष्ट्रियसभाको मंगलबार बसेको बैठकले दुईवटा विधेयक पारित गरेको छ ।

संघीय संसद भवनमा बसेको बैठकले सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ र सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७ लाई पारित गरेको हो ।

राष्ट्रियसभामा उत्पत्ति भएका यी दुवै विधेयक अब प्रतिनिधिसभामा पठाइनेछ ।

राष्ट्रियसभाको अर्को बैठक २७ चैत सोमबार दिउँसो १ः०१ बजे बस्नेछ ।