चितवन, २० चैत । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष जनकराज शर्माले चितवन क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

उनले भरतपुरमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।

सुर्खेतका शर्मालाई जनमोर्चाले चितवनबाट उठाएको हो । उनको प्रस्तावकमा डम्मर केसी र समर्थक भरतपुर देवी शर्मा रहेका छन् ।

चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादमा सर्वोच्च अदालतले पद खारेज गरेपछि उपनिर्वाचन हुन लागेको हो ।