चितवन, २० चैत । आगामी १० वैशाखमा हुने उपनिर्वाचनका लागि चितवन–२ मा नेकपा एमाले र राप्रपाले उम्मेदवारी दर्ता गरेको छ ।

एमालेले चितवन–२ मा जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने र राप्रपाले जीवलाल पुरीलाई उम्मेदवार बनाएर उम्मेदवारी दर्ता गरेको हो ।

एमाले उम्मेदवार न्यौपानेको प्रस्तावकमा विजय सुवेदी र समर्थकमा पूर्व सांसद कृष्णभक्त पोखरेल रहेका छन् ।