उपनिर्वाचनका लागि पर्यवेक्षक संस्थालाई आह्वान

काठमाडौं, २० चैत । निर्वाचन आयोगले आगामी वैशाख १० मा हुन लागेको उपनिर्वाचनका लागि पर्यवेक्षण गर्न चाहने राष्ट्रिय संस्थालाई अनुमतिका लागि निवेदन माग गरेको छ ।
आयोगले सोमबार एक सूचना प्रकाशन गरी पर्यवेक्षण गर्न चाहने राष्ट्रिय संस्थालाई आवश्यक कागजातसहित निवदेन दिन आग्रह गरेको हो ।
निर्वाचन पर्यवेक्षण निर्देशिका, २०७९ को अनुसूची २ बमोजिमको तोकिएको ढाँचामा सात दिनभित्र निवेदन दिन आग्रह गरिएको छ ।
आयोगको निर्णयबमोजिम चितवन निर्वाचन क्षेत्र नं. २, तनहुँ निर्वाचन क्षेत्र नं १ तथा बारा निर्वाचन क्षेत्र नं २ को उपनिर्वाचनमा हुन लागेको हो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


