काठमाडौं, २० चैत । नेकपा एकीकृत समाजवादी पार्टीको प्रमुख सचेतकमा मेटमणि चौधरी चयन भएका छन् ।

सोमबार बिहान बसेको सो पार्टीको संसदीय दलको बैठकले चौधरीलाई प्रमुख सचेतकमा चयन गरिएको हो ।

प्रमुख सचेतक प्रकाश ज्वाला भौतिक मन्त्री भएपछि चौधरीलाई सचेतक बनाइएको हो । ४ मंसिरमा भएको निर्वाचनमा चौधरी दाङ (क) बाट विजयी भएका थिए ।

उनी यसअघि सहरी विकास मन्त्री थिए ।