बारा–२ मा जसपा अध्यक्ष यादवको उम्मेदवारी दर्ता

बारा, २० चैत । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले बाराको निर्वाचन क्षेत्र नम्बर–२ मा उम्मेदवारी दर्ता गराएका छन् ।
आगामी १० वैशाखमा हुने उपनिर्वाचनका लागि अध्यक्ष यादवले सत्ता गठबनधनका तर्फबाट उम्मेदवारी दर्ता गराएका हुन् ।
अध्यक्ष यादव पार्टीका नेता कार्यकर्तासहित निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका छन् ।
यादवको प्रस्तावकमा नवलकिशोर यादव र समर्थकमा नारायण यादव रहेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


