चितवन–२ बाट रवि लामिछानेको उम्मेदवारी दर्ता

चितवन, २० चैत । आगामी १० वैशाखमा हुने उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चितवन–२ बाट उम्मेदवारी दर्ता गराएका छन् ।
सभापति लामिछानेले सोमबार बिहान निर्वाचन अधिकृतको कार्यालय पुगेर सुरुमै उम्मेदवारी दर्ता गराएका हुन् ।
उनले दिउँसो १ बजे उम्मेदवारी दर्ताको समय लिएको भए पनि तनहुँ जाने कार्यक्रम रहेकोले बिहानै उम्मेदवारी दर्ता गराएका छन् ।
यसअघिको निर्वाचनमा भारी मतान्तरले विजयी भएका लामिछाने नागरिकता विवादमा सर्वोच्चले गरेको फैसलापछि पदमुक्त भएका थिए ।
लामिछाने पदमुक्त भएपछि यो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनको मतदान २०८० वैशाख १० गते हुनेछ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


