बारामा ट्याम्पु दुर्घटनामा परी तीन वर्षीया बालिकाको मृत्यु, ५ जना घाइते

बारा, १९ चैत । बारामा ट्याम्पु दुर्घटना हुदाँ तीन वर्षीया बालिकाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ५ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा भारत बिहार राज्यको रक्सौल बस्ने आदित्य श्रीवास्तवको तीन वर्षीया छोरी पल्लवी कुमारी रहेको प्रहरीले जनाएको छ ।
भारतको रक्सौलबाट कलैयातर्फ जाँदै गरेको स १ ह ७०८ नम्बरको ट्याम्पु, वीरगञ्ज–कलैया सडकखण्ड अन्तर्गत बाराको फेटा गाँउपालिका–१ भलुही चोकमा अनियन्त्रित भई पल्टिएको थियो ।
दुर्घटनामा गम्भिर घाइते भएकी बालिकालाई उपचारका लागि एलएस न्युरो अस्पतालमा लगिएकोमा अस्पतालले उनलाई मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।
दुर्घटनामा रक्सौलकै पुजा श्रीवास्तव, सिमा देवी वर्मा, शिव कुमार वर्मा र जयदेव वर्मा घाइते भएका छन् । उनीहरुको एलएस न्यूरो अस्पताल बारामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


