बारा, १९ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराबाट एकजना खरीदार र लेखापढी व्यवसायीलाई पक्राउ गरेको छ ।

सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुस लिएको आरोपमा मालपोत कार्यालय बाराको राजश्व फाँटमा कार्यरत रामविश्वास साह कानु र लेखापढी व्यवसायी गौरीशंकर कुशवाहलाई पक्राउ गरिएको हो ।

जग्गा रजिष्ट्रेसन पास गराइदिने भन्दै सेवाग्राहीसँग घुस लिँदै गर्दा उनीहरुलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

आयोगको हेटौंडास्थित कार्यालयका सूचना अधिकारी विष्णुप्रसाद सापकोटाले बाराको कलैयामा स्ट्रिङ अप्रेसन सञ्चालन भएको पुष्टी गरे । उनले १५ हजार घुस रकमसहित दुईजनालाई पक्राउ गरिए पनि विस्तृत विवरण आउन बाँकी रहेको बताए ।