भारतका पूर्वक्रिकेटर सलीम दुर्रानीको निधन

एजेन्सी, १९ चैत । भारतका पूर्वक्रिकेटर सलीम दुर्रानीको निधन भएको छ । लामो समयदेखि बिरामी रहेका दुर्रानीको आइतबार बिहान ८८ वर्षको उमेरमा निधन भएको हो ।
क्रिकेटसँग जोडिएका संसारका चिरपरिचित व्यक्तिहरूले दुर्रानीको निधनमा उनलाई श्रद्धाञ्जली दिइरहेका छन् । भारतीय क्रिकेट टिमका पूर्व कोच एवं खेलाडी रवि शास्त्रीले एक पुरानो तस्बिर ट्विट गर्दै दुर्रानीलाई सम्झिएका छन् ।
दुर्रानी अर्जुन अवार्ड पाउने भारतका पहिलो क्रिकेटरसमेत हुन् । उनले भारतका लागि २९ टेस्ट खेलमा १ हजार २०२ रन बनाउनुका साथै ७५ विकेट लिएका थिए ।
सन् १९६० मा अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका दुर्रानीले अन्तिमपटक १९७३ मा खेलेका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


