कांग्रेसले बारा–२ मा उपेन्द्र यादवलाई सघाउने

काठमाडौं, १९ चैत । नेपाली कांग्रेसले १० वैशाखमा हुने बारा–२ को उपनिर्वाचनमा जनता समाजवादी पार्टीलाई सघाउने भएको छ ।
आइतबार सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उपनिर्वाचनमा जसपाका अध्यक्ष उपेन्द्र यादवलाई सघाउने निर्णय गरेको हो ।
कांग्रेसले तनहुँ–१ मा गोविन्द भट्टराई र चितवन–२ मा जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाएको छ । तर, कांग्रेसले सत्ता गठबन्धन दलको हैसियतले अध्यक्ष यादवलाई सहयोग गर्ने निर्णय गरेको सहमहामन्त्री जीवन परियारले जानकारी दिए ।
आसन्न उपनिर्वाचनमा तनहुँ–१ मा कांग्रेसका भट्टराई, एमालेका सर्वेन्द्र खनाल र रास्वपाका डा. स्वर्णिम वाग्ले, चितवन–२ मा रास्वपा सभापति रवि लामिछाने, कांग्रेसका श्रेष्ठ र एमालेका रामप्रसाद न्यौपाने उम्मेदवार रहेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


