बारा–२ मा आफ्नो उम्मेदवारी नपर्ने नेता महतोको स्पष्टोक्ति

काठमाडौं, १९ चैत । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका बरिष्ठ नेता राजेन्द्र महतोले बाराको निर्वाचन क्षेत्र नम्बर–२ मा आफ्नो उम्मेदवारी नपर्ने स्पष्ट पारेका छन् ।
उनले लोसपाले गठबन्धनका साझा उम्मेदवार जसपा अध्यक्ष उपेन्द्र यादवलाई समर्थन गर्ने जानकारी दिएका हुन् ।
उनले भने, ‘बारा–२ मा मेरो उम्मेदवारी पर्दैन, गठबन्धनले उपेन्द्रजीलाई उम्मेदवार बनाएकाले हाम्रो पार्टीको पनि समर्थन उहाँलाई नै हुन्छ ।’
आगामी १० वैशाखमा बारा–२, चितवन–२ र तनहुँ–१ मा प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचन हुँदैछ ।
यसअघि लोसपाले बारा–२ मा राजेन्द्र महतोलाई उम्मेदवार बनाउने चर्चा थियो । महतो स्वयंले उपेन्द्रलाई समर्थन गर्ने बताएका कारण सो सम्भावना अब टरेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


