राप्रपाले टुंग्यायो तीनवटै क्षेत्रको उम्मेदवार

काठमाडौं, १९ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले निर्वाचनका लागि तीनवटै क्षेत्रको उम्मेदवार टुंगो लगाएको छ ।
राप्रपाको आइतबार बसेको संसदीय समितिको बैठकले बारा–२ मा सोनेलाल शाह, तनहुँ–१ मा शोभा गुरू र चितवन–२ मा जीवन पुरीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि अन्य दलहरूले पनि उम्मेदवार तयार गरिरहेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


