जसपाले सच्यायो कोशी प्रदेशको नाम

काठमाडौं, १९ चैत । जनता समाजवादी पार्टी नेपालले कोशी प्रदेशको नाम सच्याएको छ ।
१ चैत २०७९ मा जारी परिपत्रमा संयोगवश प्रदेश १ को नाम कोशी प्रदेश शब्द पर्न गएको भन्दै पार्टीले उक्त नाम सच्याएको हो ।
आइतबार अध्यक्ष उपेन्द्र यादवले आन्तरिक सर्कलमार्फत तत्कालका लागि उक्त प्रदेशको नाम प्रदेश १ हुने र पछि नाम परिवर्तन भएमा उक्त परिवर्तित नामलाई प्रयोग गरिने जनाएका छन् ।
गत १४ फागुनमा पार्टीले प्रेस विज्ञप्ति जारी गरी जनताले प्रदेश १ मा उठाएको पहिचानको आधारमा प्रदेशको नामकरण हुनुपर्दछ भन्ने मागलाई यथोचितरूपमा सम्बोधन गर्न गराउन सरकारसँग माग गरिएको पनि अध्यक्ष यादवले उल्लेख गरेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


