माओवादीले बारा–२ मा उपेन्द्र यादवलाई सघाउने

काठमाडौं, १९ चैत । नेकपा माओवादी केन्द्रले आगामी १० वैशाखमा हुने उपनिर्वाचनअन्तर्गत बाराको निर्वाचन क्षेत्र नम्बर–२ मा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई सघाउने भएको छ ।
उपनिर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ताको कार्यक्रम छ । चितवन–२ र तनहुँ–१ मा भने माओवादीले आफ्नै उम्मेदवार उठाउने या अन्य पार्टीका उम्मेदवारलाई सघाउने भन्ने बारेमा निर्णय गरिसकेको छैन् ।
यसअघि नेपाली कांग्रेसले पनि आउँदो १० वैशाखमा हुने बारा–२ उपनिर्वाचनमा जनता समाजवादी पार्टीलाई सघाउने निर्णय गरिसकेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


