सप्तरीमा ट्याक्टर दुर्घटनामा परी एक युवकको मृत्यु

सप्तरी, १९ चैत । सप्तरीमा ट्याक्टर दुर्घटनामा परी एक युवकको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको बोदेबरसाइन नगरपालिका वडा नम्बर–१ बस्ने ट्याक्टर चालक २२ वर्षीय पंकज यादव रहेका छन् ।
बोदेबरसाइन–३ स्थित सारस्वरको पुर्वारीटोलस्थित भित्री सडकमा सारस्वरबाट धनगढीतर्फ जाँदै गरेको प्र २०१००१ त २५१७ नम्बरको ट्याक्टर आफैं अनियन्त्रित भई दुर्घटना हुँदा पंकजको घटनास्थलमै मृत्युु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
मृतकको शव पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पठाइएको तथा घटना सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


