दिल्लीमा लामखुट्टे भगाउने ‘उपाय’ अपनाउँदा ६ जनाको मृत्यु

एजेन्सी, १७ चैत । दिल्लीको शास्त्री पार्क इलाकामा एकै परिवारका ६ जनाको मृत्यु भएको छ ।
समाचार एजेन्सी एएनआईले प्रहरीलाई उद्धृत गर्दै कार्बन मोनोअक्साइड ग्यासका कारण उनीहरूको मृत्यु भएको जनाएको हो ।
मानिसहरू घरमा सुतिरहेका बेला लामखुट्टे भगाउनका लागि रातभरी रिपेलेन्ट बालिरहेका थिए ।
घरमा कार्बन मोनोअक्साइड ग्यास हुनुको कारण यसैलाई बताइएको छ । अतिरिक्त डीसीपी सन्ध्या स्वामीले शास्त्री पार्कमा सञ्चारमाध्यमसँग भने, ‘ग्राउन्ड फ्लोरमा लामखुट्टे भगाउन धूप बलिरहेको थियो जसका कारण आगलागी भएको थियो ।’
‘मानिसहरूलाई बाहिर निकाल्दा ६ जनाको सास चलिरहेको थियो तर जब अस्पताल लगियो उनीहरूको मृत्यु भयो । दुईजनाको अवस्था गम्भीर छ ।’
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


