सिरहा, १७ चैत । सिरहामा चट्याङ लागेर एक ट्रक चालकको मृत्यु भएको छ ।

जिल्लाको मिर्चैया नगरपालिकामा चट्याङ लागेर रौतहटको चन्द्रपुर नगरपालिका–८ अलटुकी बस्ने ४३ वर्षीय ट्रक चालक नेत्रकुमार गौतमको मृत्यु भएको हो ।

सौर्य सिमेन्ट इन्डिस्ट्रिजमा सिमेन्ट लिन पुगेको ना ५ ख ३७२१ नम्बरको ट्रकका चालक गौतमको चट्याङ लागेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।

वर्षासँगै परेको चट्याङ लागेर उनी गम्भीर घाइते भएका थिए । उपचारका क्रममा फूलकुमारी महतो मेमोरियल अस्पताल कर्जन्हामा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।