अर्थतन्त्रलाई सुधार गरेरै छाड्ने अर्थमन्त्री महतको दाबी

काठमाडौं, १७ चैत । अर्थमन्त्रीमा नियुक्त भएर शपथ लिएलगत्तै अर्थमन्त्री डा.प्रकाशशरण महतले पदबहाली गरेका छन् ।
सिंहदरवारस्थित अर्थ मन्त्रालय पुगेर मन्त्री महतले पदबहाली गरेका हुन् ।
पदभार ग्रहण गर्दै मन्त्री महतले आर्थिक समस्याबाट निकासका लागि सम्पूर्ण राज्य संयन्त्र लाग्ने बताएका छन् ।
सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिंदै उनले समस्याग्रस्त अवस्थाको अर्थतन्त्रलाई सुधार गरेरै छाड्ने दाबी गरे ।
साधारण खर्च कटौती गर्ने, प्राथमिकीकरण गरेर मात्रै सरकारले खर्च गर्ने पनि उनले बताए । सरकारले खर्च गर्न सक्ने क्षमता बढाउने भन्दै उनले भने लगानी भित्र्याएर राजस्वको दायरा बढाउने बताए ।
राजश्व र कर संकलनका लागि सरकारले करकाप नगर्ने पनि मन्त्री महतले बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


