रास्वपाले चौधरीलाई तोक्यो बारा–२ को निर्वाचन संयोजक

काठमाडौं, १६ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बारा क्षेत्र नम्बर–२ को निर्वाचन संयोजकको जिम्मेवारी अशोककुमार चौधरीलाई दिएको छ ।
पार्टी प्रवक्ता मुकुल ढकालले बिहीबार एक विज्ञप्ति जारी सो क्षेत्रको निर्वाचन संयोजक चौधरी तोकिएको बताएका हुन् ।
जारी विज्ञप्तिमा निर्वाचनको सम्पूर्ण जिम्मेवारी बहन गर्न चौधरीलाई तोकिएको बताइएको छ ।
रास्वपाले पार्टी केन्द्रीय सदस्य गणेश कार्कीले स्वास्थ्यका कारण निर्वाचन संयोजकको जिम्मेवारी पुरा गर्न नसक्ने भन्दै राजीनामा दिएपछि चौधरीलाई जिम्मेवारी दिएको हो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


