सर्लाही, १६ चैत । सर्लाहीमा मोटरसाइकल दुर्घटनामा परी दुईजनाको घटनास्थलमै मृत्यु भएको छ ।

बिहिबार अपरान्ह करिब ४ बजे जिल्लाको हरिपुर्वा नगरपालिका–३ धनकौलमा ना ३४ प ८२८९ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई सडकभन्दा तल खेतमा खस्दा मोटरसाइकलमा सवार दुईजनाको घटनास्थमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा सर्लाहीको लालबन्दी नगरपालिका–१७ रानीगञ्ज बस्ने परमेश्वर महतो र रामकृष्ण काफ्ले रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कैलाश राईले जानकारी दिएका छन् ।

उनले दुर्घटनाबारे थप अनुसन्धान भइरहेको बताए ।