राष्ट्रपति पौडेलको राजनीतिक सल्लाहकारमा कांग्रेस नेता सुनिल थापा नियुक्त

काठमाडौं, १६ चैत । राष्ट्रपति रामचन्द्र पौडेलको राजनीतिक सल्लाहकारमा नेपाली कांग्रेसका नेता सुनिल थापा नियुक्त भएका छन् ।
राष्ट्रपतिका परराष्ट्र सल्लाहकार डा. सुरेश चालिसेका अनुसार पूर्वमन्त्री समेत रहेका थापा राष्ट्रपतिको राजनीतिक सल्लाहकार नियुक्त भएका हुन् ।
थापा अहिले पार्टीको केन्द्रीय कार्यसम्पादन समिति सदस्य छन् । राप्रपाका संस्थापक नेता पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा सुनिल २०७७ कात्तिकमा कांग्रेस प्रवेश गरेका थिए ।
उनी ४ मंसिरमा सम्पन्न निर्वाचनमा धनकुटामा एमालेका राजेन्द्र राईसँग झिनो मतान्तरले पराजित भएका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


