बारा–२ बाट राजेन्द्र महतो पनि चुनाव लड्ने

बारा, १६ चैत । आगामी १० बैशाखमा हुने उपनिर्वाचनमा बारा–२ बाट लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)का बरिष्ठ नेता राजेन्द्र महतो पनि चुनाव लड्ने भएका छन् ।
पार्टीभित्र बारा–२ मा महतोलाई पनि उम्मेदवार बनाउने निर्णय भएको लोसपाका एक शीर्ष नेताले जानकारी दिएका हुन् ।
महतो मंसिर ४ मा भएको चुनावमा सर्लाही–२ मा पराजित भएका थिए ।
धनुषाको निर्वाचन क्षेत्र नम्बर–३ छाडेर सर्लाही–२ मा फर्किएका महतोलाई माओवादी केन्द्रको चुनाव चिह्न लिएर लडेका नेपाल समाजवादी पार्टीका नेता महिन्द्र राय यादवले २ हजार ११ मत अन्तरले पराजित गरेका थिए ।
बारा–२ बाट निर्वाचित जसपाका रामसहायप्रसाद यादव उपराष्ट्रपति बनेपछि यहाँ उपचुनाव हुँदैछ ।
यता, जनता समाजवादी पार्टी (जसपा)ले अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीले शिवचन्द्र कुशवाहलाई बारा–२ बाट उठाउने तयारी गरिरहेको छ ।
जसपा अध्यक्ष यादव सप्तरी–२ मा जनमत पार्टीका अध्यक्ष डा. सीके राउतसँग पराजित भएका थिए ।
जनमतले भने बारा–२ मा आफ्नो उम्मेदवार उठाउनका लागि शिवचन्द्र कुशवाहलाई पार्टी प्रवेश गराइसकेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


