एकीकृत समाजवादीबाट भुसाल र ज्वाला मन्त्री बन्दै

काठमाडौं, १५ चैत । नेकपा एकीकृत समाजवादी पार्टीबाट दुईजना नेता सरकारमा सहभागी हुन लागेका छन् ।
सो पार्टीका उपाध्यक्ष डा. वेदुराम भुसाल र उपमहासचिव प्रकाश ज्वाला प्रधानमन्त्री पुष्पकमल दाहाल नेतेत्वको सरकारमा मन्त्री बन्ने भएका हुन् ।
पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा केन्द्रीय कार्यालयमा बुधबार बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको छ ।
बैठकमा सरकारमा पार्टीको सहभागिताको सम्बन्धमा छलफल गरिएको र उपाध्यक्ष भुसालको नेतृत्वमा सरकारमा जाने निर्णय भएको पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
एकीकृत समाजवादीले सरकारमा तीन मन्त्रीको दाबी गरेको थियो । तर, सत्ता गठबन्धनको बैठकमा उसको भागमा दुइ मात्रै मन्त्रालय दिने सहमति भएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


