काठमाडौं, १५ चैत । १० दलीय सत्ता गठबन्धनको बैठकले मन्त्रालय भागबण्डाको टुंगो लगाएको छ ।

जसअनुसार नेपाली कांग्रेसलाई ८ मन्त्रालय, माओवादीलाई ५, नेकपा (एकीकृत समाजवादी)लाई दुई र जनता समाजवादी पार्टीलाई दुई मन्त्रालय दिने सैद्धान्तिक सहमति भएको हो ।

यसैगरी लोकतान्त्रिक समाजवादी पार्टीलाई एक, नेपाल समाजवादी पार्टीले एक र जनमतले थप राज्यमन्त्री पाउने सहमति भएको छ ।

मन्त्रालयको संख्याको टुंगो लागेपनि कसलाई कुन मन्त्रालय दिने भन्नेबारे केही बताइएको छैन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृह मन्त्रालय आफ्नै पार्टीमा राख्ने मनसाय राखेका छन् ।

माओवादीले गृह मन्त्रालय पाएपछि अर्थ मन्त्रालय कांग्रेसको भागमा पर्ने प्रबल सम्भावना छ । गृहमा एकीकृत समाजवादीले पनि दाबी गरेको छ ।

सरकारलाई विश्वासको मत दिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को भागमा कुनै पनि मन्त्रालय छुट्याइएको छैन ।