सप्तरी, १५ चैत । सप्तरीमा साइकलबाट लडेर एक बृद्धको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको छिन्नमस्ता गाउँपालिका–५ लोखरमका ६९ वर्षीय पदमलाल दास रहेका छन् ।

छिन्नमस्ता–१ बरहिवीरपुरस्थित नहर चोक भन्दा ३०० मिटर पर साइकलबाट लडेर गम्भीर घाइते भएका दासको मृत्युु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए ।

दासको विराटनगरस्थित नर्सिङ्ग होम अस्पतालमा उपचारको क्रममा मृत्युु भएको डीएसपि सिंहले बताए ।