यू–१६ का लागि धनुषाबाट १८ खेलाडी छनोट

जनकपुरधाम, १४ चैत । जिल्ला क्रिकेट संघ धनुषाले यू–१६ क्रिकेट प्रतियोगिताका लागि खेलाडी छनोट गरेको छ ।
प्रदेशस्तरीय प्रतियोगिताका लागि खेलाडी छनोटगरि १८ जनाको नाम सार्वजनिक गरेको हो ।
अलि अक्बर अंसारीको कप्तानीमा १८ सदस्यीय टोली छनोट गरिएको क्रिकेट संघ धनुषाका अध्यक्ष शोभाकान्त पाण्डे (गुड्डु) ले जानकारी दिए ।
टिममा कप्तान अलि अक्बर अंसारीसहित अभिजीत यादव, अक्षर दत्त, अरमान राईन, चन्दन यादव, लव राजु साह, मो. सदीक रेजा, मो. आयन अख्तर, नीर साह, राजेश दास, रोहन यादव, रोशन यादव, रूपेश यादव र साजन यादव रहेका छन् ।
त्यस्तै, संजय यादव, सोहिल राईन, सनी साह र साइमन रायलाईसमेत टिममा समावेश गरिएको अध्यक्ष पाण्डेले जानकारी दिए ।
टिमको कोचमा अंसारूल राईन र म्यानेजरमा मो. अथरलाई तोकिएको हो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


