जनकपुरधाममा कुकुरलाई बचाउन खोज्दा एक मोटरसाइकल चालकको मृत्यु

जनकपुरधाम, २४ माघ । जनकपुरधाममा कुकुरलाई दुर्घटना हुनबाट बचाउन खोज्दा एक मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका बस्ने ४४ वर्षीय विजय कुमार साह रहेको प्रहरीले जनाएको छ ।
सोमबार राति जनकपुरधाम उपमहानगरपालिका–४ कटैया चौरीमा कुकुरलाई बचाउने क्रममा साह सवार ज ७ प ५२३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको थियो ।
मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा साह गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा मंगलबार बिहान मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


