सिरहाबाट नक्कली नोटसहित दुईजना पक्राउ

सिरहा, २२ माघ । सिरहा प्रहरीले ४ लाखभन्दा बढी नक्कली नोटसहित दुईजनालाई पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोले नक्कली ४ लाख ३५ हजार रुपैयाँसहित दुईजनालाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा लहान नगरपालिका–१९ स्थायी घर भएका ३० वर्षीय मोहम्मद ओसिन र सोही नगरपालिका–१० बस्ने १० २२ वर्षीय मोहम्मद राज शेख रहेका छन् ।
सिरहाको लहान नगरपालिका–८ स्थित पशुपति माध्यमिक विद्यालय नजिकको रोडबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।
उनीहरूको साथबाट एक हजार दरका ४३५ थान नक्कली नोट, नोट बनाउन प्रयोग गरिने कागजको बण्डल, दुईथान मोबाइल सेट, सात थान सिमकार्ड तथा १ हजार ५५ रुपैयाँसमेत बरामद भएको छ ।
पक्राउ परेका उनीहरूलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय, लहानमा बुझाइएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


