पर्साबाट स्रोत नखुलेको २० लाख रुपैयाँसहित एकजना पक्राउ

पर्सा, २० माघ । पर्सा प्रहरीले स्रोत नखुलेको २० लाख रुपैयाँसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको बिश्रामपुर गाउँपालिका–४ बस्ने २७ वर्षीय श्याम किशोरप्रसाद साह रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार प्रहरी चौकी इनर्वाबाट खटिएको चेकिङ टोलीले वीरगञ्ज महानगरपालिका–१६ रजतजयन्तीचोकस्थित सडक खण्डमा चेकजाँच गर्ने क्रममा साहलाई पक्राउ गरेको हो ।
प्रदेश २–०३–०११ प ६३४३ नम्बरको मोटरसाइकलमा सवार साहलाई चेकजाँच गर्नेक्रममा उनको साथबाट स्रोत नखुलेको २० लाख रुपैयाँ र दुई थान मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


